इष्टर्न हाइड्रोको आईपीओमा ७ लाख ६६ हजार बढीको आवेदन, कहिलेसम्म दिन सकिन्छ

३ बर्ष अगाडि

काठमाडौं - इष्टर्न हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि निष्काशन गरेको आईपीओमा ७ लाख ६६ हजार भन्दा बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ७ लाख ६६ हजार १४० वटा आवेदनबाट ८७ करोड २८ लाख ५६ हजार रुपैयाँ बराबरको ८७ लाख २८ हजार ५६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख २३ हजार ३८९ कित्ता शेयरको १४ गुणा बढी हो । कम्पनीले शुक्रबारदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । 

त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

सर्वसाधारणले बाँकी रहने ६ लाख २३ हजार २८९ कित्ताका लागि मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले कार्तिक १ गते भित्र आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमवि क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया