लघु बीमा कम्पनीको लाइसेन्स वितरण तिहार पछि मात्रै

३ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स तिहार पछि मात्रै वितरण गर्ने तयारी गरेको छ । 

समितिले तोकिएको अवधि भित्र आवेदन दिएका ३१ वटा कम्पनीहरु मध्ये सात वटा कम्पनीलाई तिहारपछि मात्रै लाइसेन्स वितरण गर्ने तयारी गरेको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिमा प्राप्त भएका आवेदनहरु समितिले अध्ययन गर्न थालेको जानकारी गराए । त्यस्तै उनले लघु बीमा कम्पनीको लाइसेन्स तिहार पछि मात्रै लाइसेन्स वितरण गर्ने बताए ।

बीमा समितिले तोकेको अवधि भित्र ३१ वटा कम्पनीहरुले लघु बीमा कम्पनीको लागि लाइसेन्स माग्दै आवेदन दिएका थिए । १५ वटा लघु जीवन बीमा कम्पनी र १६ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले आवेदन दिएका छन् ।

त्यस मध्येबाट ३ वटा जीवन बीमा र ४ निर्जीवन बीमा गरी ७ लघु बीमा कम्पनीलाई मात्रै समितिले लाइसेन्स वितरण गर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया