काठमाडौं - कात्तिक महिनामा पनि बैंकहरुले असोजकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । बैंकरहरुबीच अनौपचारिक रुपमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।
यसपटक नेपाल बैंकर्स सँघले ब्याजदर बढाउने गरी निर्णय भने गरेको छैन । ब्याजदर निर्धारण गर्न यस पटक एनविएको बैठक नबस्ने संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । यसअघि बैठक बसेर ब्याजदर तोक्दै आएकोमा यस पटक भने बैठक नबस्ने भएको हो ।
बैंकहरुबीच भएको छलफलबाट भने कार्तिकमा पनि ब्याजदरलाई स्थिर राख्ने सहमति भएको छ । कात्तिकमा असोजकै ब्याजदरलाई निरन्तरता दिइने शर्माले बताए ।
बैंकहरुले असोजमा निक्षेपको ब्याजदर बढाएर १२.१३ प्रतिशत पुर्याएका थिए । बैंकहरुले ब्याजदर बढाउदा अहिले व्यवसायीहरुले पनि विरोध गरिरहेका छन् । ब्याजदर बढाउदा लागत मात्रै धेरै बढ्ने हुँदा अहिले बैंकरहरुले निक्षेपको ब्याजदर नबढाउने निश्कर्ष निकालेका हुन् ।
प्रतिक्रिया