काठमाडैं - शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन राष्ट्रिय बिदा दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले एक दिन राष्ट्रिय बिदा दिने भन्ने निर्णय भएको हो ।
संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको निधनमा शोक व्यक्त गर्दै एकदिन राष्ट्रिय बिदा दिने निर्णय भएको बताएका हुन् । कुन दिन राष्ट्रिय बिदा दिने भन्ने आधिकारिक सूचना सरकारबाट प्रकाशित हुने बताएका छन् ।
संस्कृतविद् जोशी आज बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया