काठमाडौं - निर्वाचन आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र कमोडिटी बजारको लाइसेन्स नयाँ लाइसेन्सका लागि आवेदन खुला गरेको विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग स्पष्टीकरण माग गरेको छ ।
निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा नयाँ लाइसेन्सको आवेदन खुला गरेको भन्दै निर्वाचन आयोगले शनिबार नेपाल धितोपत्र बोर्ड (सेबोन) र अर्थ मन्त्रालयलाई पत्र पठाउँदै स्पष्टीकरण माग गरेको हो ।
निर्वाचन आचारसंहिता लागेको समयमा खुलेको नयाँ लाइसेन्स वितरणको आवेदनका विषयमा चित्ताबुझ्दो जबाफ पठाउन पत्र काटिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
प्रतिक्रिया