१८ अर्ब २० करोड बराबरको ट्रेजरी बिल्स नवीकरण गर्दै सरकार

३ बर्ष अगाडि

काठमाडौं - सरकारले १८ अर्ब २० करोड बराबरको ट्रेजरी बिल्स परिपक्क भएपछि नवीकरण गर्ने भएको छ ।

सरकारले असोज ३१ गते सोमबार १८ अर्ब २० करोड पुरानो ट्रेजरी बिल्सलाई नवीकरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले २ अर्ब बराबरको २८ दिने, ५ अर्ब २० करोडको ९१ दिने, ५ अर्बको १८२ दिने तथा ६ अर्बको ३६४ दिने ट्रेजरी बिल्स नवीकरण गर्न लागिएको जनाएको छ ।

सरकारले यसभन्दा अघि असोज २४ गते १८ अर्ब २५ करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्स नविरकण गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया