काठमाडौं - नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बरसिप प्रोग्राम दराज क्लब सुरु भएको घोषणा गरेको छ ।
यो नयाँ सुविधामार्फत ग्राहकले दराज एपमार्फत विशेष लाभहरु प्राप्त गर्न सक्नेछन् भने ग्राहकले दराज एपमा प्रत्येक खरिददारीपछि जेम्स कमाउन सक्ने पनि कम्पनीले जनाएको छ ।
दराज क्लबको सदस्य बनेर ग्राहकले उच्च जेम्स रिडेम्पसन, थप पुरस्कार र विशेष भौचरहरुलगायतका अन्य फाइदा प्राप्त गर्नेछन् भने यी सुविधामार्फत ग्राहकले आफ्ना अर्डरहरुमा अतिरिक्त छुट प्राप्त गर्न र थप बचत गर्न कम्पनीको भनाइ छ ।
दराज क्लब आईओएस र एन्ड्रोइड दुबै प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्नका लागि ग्राहकलाई आफ्नो दराज एप अपडेट गर्न कम्पनीले आग्रह गरेको छ ।
क्लबमा सामेल हुनका लागि ग्राहकले आउँदो डिसेम्बर ३१ सम्म कम्तीमा २ हजार ५०० जेम्स संकलन गर्नुपर्नेछ । जुन दराजमा किनमेल गरेर कमाउन सकिन्छ ।
डिसेम्बर ३१ पछि क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरुको न्यूनतम संख्या ३ हजार ५०० मा बढाइनेछ र दराज क्लबका सदस्यहरुले मात्र चेकआउटको समयमा छुटका लागि रत्नहरु प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया