काठमाडौं - स्पेशल प्रि ओपन सेसनमा पिपुल्स पावर लिमिटेडको पहिलो कारोबार भएको छ ।
यस दिन कम्पनीको शेयर प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो । कम्पनीको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो ।
कम्पनीले ले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई वितरण गरिएको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरिएको २४ लाख ६७ हजार ४०० कित्ता र संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता गरी ६३ लाख २६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो ।
कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९४ रुपैयाँ ९६ पैसा देखि २८४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो । कम्पनीको शेयर पीपीएल संकेतमा कारोबार भएको हो ।
प्रतिक्रिया