ग्राहकको रकम हिनामिना भएको घटनाका दोषीविरुद्ध कारवाही बढाइयो : माछापुच्छ्रे बैंक

३ बर्ष अगाडि

काठमाडौं - माछापुच्छ्रे बैंकले बैंकको रुपन्देहीका ग्रामीण क्षेत्रमा सञ्चालित शाखारहित बैंकिङ सेवामा ग्राहकको रकम हिनामिना भएको घटनाका दोषीविरुद्ध कारवाही अघि बढाइएको जनाएको छ ।

बैंकले शनिबार एक विज्ञप्ति जारी गर्दै बैंकको शाखारहित बैंकिङ्ग केन्द्रबाट रकम हिनामिना भएको भन्ने समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै रुपन्देहीका ग्रामीण क्षेत्रमा सञ्चालित शाखारहित बैंकिङ सेवामा ग्राहकको रकम हिनामिना भएको घटनामा सम्बद्ध प्रतिनिधिलाई दोषी देखाएको छ ।

बैंकले शाखारहित बैंकिङ सेवा संचालन गर्ने प्रतिनिधिको लापरवाही भएको पाइएकाले कानुनी कारबाहीको प्रक्रिया अघि बढेको समेत जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया