काठमाडौं - अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो ।
अमेरिकी डलरको भाउले नयाँ उचाई लिएपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज असोज ३० गते आइतबारका लागि एक डलरको बिक्रीदर १३२ रुपैयाँ ०७ पैसा र खरिददर १३१ रुपैयाँ ४७ पैसा तोकेको छ ।
यो भाउ हालसम्मकै उच्च हो । यसको मतलब नेपाललली एक अमेरिकी डलर साट्नुपर्दा १३२ रुपैयाँभन्दा बढी नेपाली रुपैयाँ खर्चनुपर्ने भएको हो ।
यसअघि गत असोज २८ गते १ डलरको बिक्रीदर १३२ रुपैयाँ ०६ पैसा र खरिददर १३१ रुपैयाँ ४६ पैसा पुगेको थियो ।
प्रतिक्रिया