काठमाडौं - नेपाल राष्ट्र बैंकले कुमारी बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ । केन्द्रीय बैंकले कुमारी बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण र प्रस्तावित लाभांश स्वीकृत गरेको हो ।
राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने कुमारी बैंक दोस्रो बैंक हो । बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले यसपालि बोनस सेयर वितरण गर्ने प्रस्ताव नगरिएको जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भएसँगै अब आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेपछि विवरण गरिने जनाएको छ ।
प्रतिक्रिया