काठमाडौं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवितिरित हकप्रद शेयर शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो ।
कम्पनीले भदौ ६ गतेदेखि ३१ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको शेयर बिक्री गर्न लागेको हो । सो शेयर खरिदका लागि कात्तिक १४ गतेदेखि २१ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता वा सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा वा अधिकत्तम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकको विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग बजार, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुल्सीपुर, महेन्द्रनगर, विराटनगर शाखा कार्यालय तथा पोखराको क्षेत्रिय कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया