काठमाडौं - विश्व लगानीकर्ता सप्ताह–२०२२को अवसरमा प्रभु क्यापिटल लिमिटेडद्वारा नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एशोसिएशनकोे समन्वयमा जिल्ला अदालत बार एशोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरुलाई १ दिने तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।
कार्यक्रम नेपाल हाउस रेष्टुरेन्ट, हात्तीसार, काठमाडौंमा २०७९ असोज २८ गते शुक्रबार सम्पन्न भएकोहो । धितोपत्र बजारमा लगानी गर्दा हुने जोखिम व्यवस्थापनको विषय तथा धितोपत्र बजारमा संलग्न विभिन्न पक्षले पालना गनुपर्ने निती नियम प्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले Security Risk Management and Legal Issues बिषयमा क्यापिटलले यो कार्यक्रमको आयोजना गरेको हो ।
यो विश्व लगानीकर्ता सप्ताह Organization of Securities Commission (IOSCO) को आव्हनमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा शेयर लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाईने गरिन्छ । यस कार्यक्रमको सभापतित्व जिल्ला अदालतबार एशोसिएशनका अध्यक्ष रामचन्द्र पौडेल ९आर।सी।बिमल०ले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिमा प्रभु क्यापिटलका बोर्ड डाईरेक्टर डा। भरत सिंह थापा थिए ।
तालिममा प्रशिक्षणदिने कार्य प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गानन्द झा तथा विज्ञ प्रशिक्षकको रुपमा धितोपत्र बोर्डका कानूनी विभागका एक्टिङ्ग डाईरेक्टर राजाराम दुवालले प्रदान गरेका थिए ।
कार्यक्रममा एशोसिएसनका उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिव उज्वलराम श्रेष्ठ, कोषाध्यक्ष सन्तोष भण्डारी लगायतका र्यसमिति सदस्यहरु समेत गरी करीब ६० जनाको सहभागिता भएको उक्त कार्यक्रममा काजिअबारका अध्यक्ष रामचन्द्र पौडेल ९आर।सी। बिमल० ले वर्तमान शेयर बजारमा धेरै लगानीकर्ताहरुको प्रवेश भएको र सबैमा शेयर बजार सम्बन्धी सचेतना पर्याप्त नभएको अवस्थामा शेयर बजारबाट हुनसक्ने नोक्सानी र कानूनी प्रावधानलाई सचेतना अभिवृद्धि गर्दै लगानीको सही सदुपयोग गर्नुपर्ने विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।
शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले शेयर बजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ ।
प्रतिक्रिया