एनआईसी एशिया क्यापिटलद्धारा संचालित म्युचुअल फण्डहरुको लाभांश घोषणा, कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुले लाभांश घोषणा गरेका छन् । क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित वन्दमुखी योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई १३ प्रतिशत (कर सहित) का दरले लाभांश प्रदान गर्ने भएको छ ।

त्यस्तै क्यापिटलले संचालन गरेको खुल्लामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई ६ प्रतिशत ९कर सहित० का दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

एनआई एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो । ब्यालेन्स फण्डले पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत प्रतिफल वितरण गरेको थियो ।

 त्यस्तै एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले पहिलो वर्ष १० प्रतिशत प्रतिफल वितरण गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया