काठमाडौं - क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले माण्डु हाइड्रोपावरलाई ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ’ प्रदान गरेको छ ।
इक्राका अनुसार त्रिपल बी माइनस रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । यस्ता निकायहरूमा मध्यम क्रेडिट जोखिम रहेको इक्रा नेपालले जानाएको छ ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र रहेको र कुनै खास ऋणपत्र विशेषको राय नभएको इक्राले उल्लेख गरेको छ ।
हाइड्रोपावर कम्पनीले २ अर्ब ७९ करोड रुपैयाँ दीर्घकालीन ऋण तथा १० करोड रुपैयाँ बराबरको अल्पकालीन ऋण (चालु पुँजी कर्जा) का लागि रेटिङ्ग गराएको हो । दीर्घकालीन ऋणका लागि इक्राले ‘इक्रा एनपी एल त्रिपल बी माइनस रेटिङ’ र अल्पकालीन ऋणका लागि ‘इक्रा एनपी ए थ्री रेटिङ’ प्रदान गरेको छ ।
सन् अप्रिल १५, २०१२ मा स्थापना भएको मान्डु हाइड्रोपावर लिमिटेडको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । वाग्मती प्रदेशको मकवानपुर जिल्लामा २२ मेगावाटको बागमती खोला साना जलविद्युत निर्माण भई अप्रिल २, २०१९ देखि आयोजना सञ्चालनमा आएको छ ।
प्रतिक्रिया