दुई कम्पनीको सेयर मूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यो साता दुई वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । रुरु जलविद्युत परियोजना र गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको हो ।

रुरु जलविद्युत परियोजना
रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर मूल्य नेप्सेमा समायोजन भएको छ । नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि रुरु जलविद्युतको सेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता ७५१.८२ रुपैयाँ कायम गरेको हो । 

यसअघिको अन्तिम कारोबार मूल्य अनुसार प्रतिकित्ता ८२७ रुपैयाँ थियो । अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन् । 

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक ४ गते १७औँ वार्षिक साधारणसभा डोकेको छ । 

गुराँस लाइफ इन्स्योरेन्स
नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले ७.४४२५ प्रतिशत बोनस सेयर वितरणका लागि बुक क्लोज गरेसँगै नेप्सेले सो कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

सेयरबजार बन्द हुनुभन्दा अघि कायम ४८५ रुपैयाँका आधारमा नेप्सेले बोनस सेयर वितरण पछिको सेयर मूल्य ४५१ रुपैयाँ ४० पैसा कायम गरको छ । 

सेयर मूल्य समायोजन गरिए पनि मर्जरको प्रक्रियामा रहेकोले तत्कालै सेयर कारोबार भने गर्न पाइने छैन । 

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया