काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा दुई कम्पनीको शेयर सूचिकृत भएको छ । पिपुल्स पावर र सयपत्री हाइड्रोपावरको शेयर नेप्सेमा सूचिकृत भएको हो ।
पिपुल्स पावर
पिपुल्स पावर लिमिटेडको शेयर नेप्सेमा सूचिकृत भएको छ । पावरको ६३ लाख २६ हजार कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
पावरले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई वितरण गरिएको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्कासन गरिएको २४ लाख ६७ हजार ४०० कित्ता र संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता गरी ६३ लाख २६ हजार कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९४ रुपैयाँ ९६ पैसा देखि २८४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबार खुल्नेछ ।
सयपत्री हाइड्रोपावर
सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको पनि ३० लाख कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई वितरण गरिएको ३ लाख कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्कासन गरिएको ६ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको २१ लाख कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले न्यनतम ६४ रुपैयाँ ९६ पैसा देखि १९४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबार खुल्नेछ ।
प्रतिक्रिया