निर्यातमा अनुदान प्राप्त गर्न कम्तिमा ३० प्रतिशत मूल्य अभिवृद्धि भएको हुनुपर्ने

३ बर्ष अगाडि

काठमाडौं - निर्यातमा अनुदान प्राप्त गर्न कम्तिमा पनि ३० प्रतिशत मूल्य अभिवृद्धि भएको हुनुपर्ने भएको छ । सरकारले हालै पारित गरेको निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७९ मा सो व्यवस्था गरिएको छ ।

कार्यविधि अनुसार ४ प्रतिशत अनुदान पाउनका लागि निर्यात गरिएको वस्तुले ३० प्रतिशत मुल्य वृद्धि (भ्यालु एडिसन) गरेको हुनुपर्नेछ । यदि मूल्य अभिवृद्धि ५० प्रतिशतसम्म छ भने ५ प्रतिशत अनुदान प्राप्त गर्नेछन् ।

कार्यविधि अनुसार न्युनतम अनुदान ४ प्रतिशत तोकिएको छ । अनुदान पाउन कार्यविधिले तोकेको मापदण्ड पुरा गर्नुपर्नेछ । वस्तुमा ७० प्रतिशत मूल्य अभिवृद्धि छ भने ६ प्रतिशत अनुदान पाइने व्यवस्था छ भने राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्कमा दर्ता भई कुनै कम्पनीले निर्यात गर्छ भने ७ प्रतिशतसम्म निर्यात अनुदान प्राप्त गर्नेछ ।

यस्तै गत आर्थिक वर्षभन्दा २० प्रतिशत बढी निर्यात गरेको छ भने अनुदानका लागि थप योग्य कार्यविधिमा व्यवस्था गरिएको छ । त्यसैगरी कुनै कम्पनीले ५० करोडभन्दा बढीको निर्यात गर्छ भने ५० करोड पछिको निर्यातमा सिधै ८ प्रतिशत अनुदान प्राप्त गर्नेछ । 

पहिलो ५० करोडसम्ममा भने अघिल्ला सर्तहरु लागू हुने व्यवस्था गरिएको छ । अनुदान सहज रुपमा लिनका लागि आवेदन अनलाइनबाटै दिन सकिने व्यावस्था कार्यविधिले गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया