काठमाडौं - नयाँ बीमा ऐनले बीमा कम्पनीहरूको लाभांश वितरणमा कडाइ गरेको छ । ऐनले न्यनतम चुक्ता पूँजी नपुर्याउने, सोल्भेन्सी मार्जिन कायम नगर्ने तथा पर्याप्त जगेडा कोष कायम नगरेसम्म लाभांश वितरण गर्न नपाइने व्यवस्था गरेको हो ।
बीमा कम्पनीहरूले आफ्नो सम्पूर्ण प्रारम्भिक खर्च, अघिल्लो आर्थिक वर्षसम्मको नोक्सानी नयाँ बीमा ऐन तथा बीमा प्राधिकरणले निर्धारण गरे बमोजिम जोखिम व्यहोर्ने कायम गर्नुपर्ने कोष वा जगेडा कोषको व्यवस्था नगरेसम्म लाभांश वितरण गर्न नपाइने नयाँ बीमा ऐनमा उल्लेख छ ।
न्यनतम चुक्ता पूँजी कायम गर्न नसके, सम्पत्ति र दायित्वको अनुपात कायम गर्न नसकेपनि बीमा कम्पनीहरूले शेयरधनीहरुलाई लाभांश वितरण गर्न नपाइने व्यवस्था रहेको छ ।
नयाँ बीमा ऐनको दफा ४२ मा दायित्व भन्दा सम्पत्ति बढी हुनु पर्ने व्यवस्था उल्लेख गरेको छ । उक्त दफा अनुसार कुनै पनि बीमा कम्पनीको कुल सम्पत्ति र कुल दायित्वको अनुपात ९सोल्भेन्सी मार्जिन० प्राधिकरणले तोके बमोजिम हुने जनाएको छ ।
यस्तै सर्वसाधारणलाई छुट्याएको शेयर वितरण गरी पूर्ण रुपमा चुक्ता पूँजी भुक्तानी नभएसम्म पनि बीमा कम्पनीहरूले लाभांश वितरण गर्न पाउने छैनन् ।
बीमा कम्पनीहरूले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणको स्वीकृति पश्चात लिनु पर्ने व्यवस्था पनि उल्लेख छ ।
प्रतिक्रिया