काठमाडौं - एनआईबिएल एस क्यापिटलले आगामी कात्तिक १८ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी २७ करोड रूपैयाँको २० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने एजेण्डा सहित सभा डाकेको हो ।
बैठकले क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौंमा कात्तिक १८ गते बिहान १०ः३० बजे बोलाइएको छ । कम्पनीको सञ्चालक समितिको असोज २६ गते सम्पन्न बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बराबरले हुन ५ करोड ४० लाख रुपैयाँ आउने नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ । साधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण हुनेछ ।
सभाले अन्य मर्चेन्ट बैंक एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।
प्रतिक्रिया