काठमाडौं - पिपुल्स पावर लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनी सञ्चालक समितिको निर्णयले प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार चयन गरिएको हो ।
यससँगै अब पिपुल्स पावरको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिल खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाण्डौंले गर्नेछ । पिपुल्स पावरले बिहीबार मात्रै ६२ लाख २६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारण सेयरधनीहरुलाई बिक्री गरिएको २४ लाख ६७ हजार ४०० कित्ता गरी ३१ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता सहित कुल ६३ लाख २६ हजार कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो ।
पिपुल्स पावरको सेयर कारोबारका लागि नेप्सेले पीपीएल कारोबार संकेत प्रदान गरेको छ । कम्पनीको तोकिएको कारोबार संकेतमा आइतबारदेखि धितोपत्र कारोाबारमा आउनेछ । पिपुल्स पावरको सेयरलाई नेप्सेले पहिलो कारोबारका लागि न्युनतम ९४.९६ रुपैयाँदेखि अधिकतम २८४.८८ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।
प्रतिक्रिया