अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा, एक डलर खरिद गर्न नेपाली रुपैयाँ कति खर्च गर्नु पर्छ ?

३ बर्ष अगाडि

काठमाडौं - विश्वव्यापी मुद्रा अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो । अमेरिकी डलरको भाउले नयाँ उचाई लिएपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज असोज २८ गते शुक्रबारका लागि एक डलरको बिक्रीदर १३२ रुपैयाँ ०६ पैसा र खरिददर १३१ रुपैयाँ ४६ पैसा तोकेको छ । यो भाउ हालसम्मकै उच्च हो । यसको मतलब नेपाललली एक अमेरिकी डलर साट्नुपर्दा १३२ रुपैयाँभन्दा बढी नेपाली रुपैयाँ खर्चनुपर्ने भएको हो ।

यसअघि असोज २३ गते १ डलरको बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा र खरिददर १३१ रुपैयाँ ४२ पैसा पुगेको थियो । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ ०६ तय गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया