आज ३० प्रतिशत लाभांश पारित गर्दै नेपाल ल्यूब आयल, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल ल्यूब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान ११ः३० बजे शुरु हुने कम्पनीले जनाएको छ ।

साधारण सभामा २५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश गरी ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । यस्तै, साधारण सभामा आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन पारित गर्न प्रस्ताव पेस गरिनेछ ।

त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा असोज १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया