पिपुल्स पावरको आईपीओ आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

३ बर्ष अगाडि

काठमाडौं - पिपुल्स पावर लिमिटेडको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको आईपीओ विहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । 

कुनै पनि कम्पनीको आईपीओमा नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ । तर, आज शुक्रबार कारोबार नहुने र भोली शनिबार परेकोले आइतबारबाट कम्पनीको सेयर कारोबारमा आउने भएको हो । 

नेप्सेमा यो कम्पनीको कुल ६३ लाख २६ हजार कित्ता आईपीओ सूचीकृत भएको हो । जसमा ३२ लाख २६ हजार कित्ता संस्थापक समूहको, २४ लाख ६७ हजार ४०० कित्ता सर्वसाधारणको र ६ लाख ३२ हजार ६०० कित्ता स्थानीयको रहेको छ । 

नेप्सेले यो कम्पनीलाई पीपीएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ९४.९६ रुपैयाँदेखि अधिकतममा २८४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोेकेको छ । 

यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया