राष्ट्र बैंकद्वारा बैंकहरुको मर्जरसम्बन्धी विनियमावलीमा पाँचौँ संशोधन

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था आपसमा मर्जर र एक्विजिसनसम्बन्धी विनियमावलीमा पाँचौँ संशोधन गरी आज जारी गरेको छ । 

केन्द्रीय बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने ९मर्जर० तथा प्राप्ति ९एक्विजिसन० सम्बन्धी विनियमावली, २०७३’मा पाँचौँ संशोधन गर्दै जारी गरेको हो । 

राष्ट्र बैंकले यसअघिको चौथो संशोधनका केही दफामा हेरफेर गर्दै पाँचौँ संशोधन गरी विनियमावली जारी गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी पाँचौँ संशोधन गरेको राष्ट्र बैंकले जनाएको छ । 

अब नयाँ संशोधित विनियमावलीबमोजिम गर्न गराउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया