सयपत्री हाइड्रोको ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

३ बर्ष अगाडि

काठमाडौं - सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको पनि ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई वितरण गरिएको ३ लाख कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरिएको ६ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको २१ लाख कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९६ पैसा देखि १९४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबार खुल्नेछ ।

कम्पनीलाई शेयरलाई नेप्सेले एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया