जापानमा वैदेशिक रोजगारको अवसर, मासिक तलब एक लाख ६१ हजार बढि

३ बर्ष अगाडि

काठमाडौं - जापानले नेपाली कामदारको माग गरेको छ । जापानको टोक्यो सहरमा रहेको Asia creation cooperation कम्पनीले ३ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब एक लाख ६१ हजार बढि पाउनेछ । खाने बस्नेको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ । इच्छुक कामदारले मञ्जुश्री ओभरसिज सर्भिस प्रालिको कार्यालय बालुवाटार काठमाडौंमा कार्तिक ३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया