राजनीतिक दल वा उम्मेदवारलाई मत सर्वेक्षणमा रोक, एक लाख सम्म कारबाहीको चेतावनी

३ बर्ष अगाडि

काठमाडौं - निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ । 

आयोगले उम्मेदवार तथा पार्टी केन्द्रित भएर उनीहरूले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको हो । आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने बुधबार चेतावनी दिएको छ । 

निर्वाचन आचारसंहिताले उमेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया