निर्जीवन बीमा कम्पनीहरु बागमती प्रदेश, ७० प्रतिशत ओगट्यो

३ बर्ष अगाडि

काठमाडौं - निर्जीवन बीमा कम्पनीहरु बागमती प्रदेशमा मात्रै केन्द्रित भएको पाईएको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशबाट मात्रै ५ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले भदौसम्ममा आर्जन गरेको कुल बीमाशुल्कको ६९.७८ प्रतिशत हो ।

बागमती प्रदेशपछि लुम्बिनी प्रदेशमा निर्जीवन बीमा व्यवसाय विस्तार भएको छ । निर्जीवन बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट ६५ करोड २१ लाख रुपैयाँ अर्थात ८.२८ प्रतिशत कुल बीमाशुल्क आर्जन गरेका छन् ।

प्रदेश १ बाट पनि निर्जीवन बीमा कम्पनीहरुले ६३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो भदौसम्ममा आर्जन गरेको कुल बीमाशुल्कको ८.०८ प्रतिशत हो ।

यस्तै, निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कमा मधेश प्रदेशको ५.८३ प्रतिशत, गण्डकी प्रदेशको ५.२५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको २.०१ प्रतिशत योगदान रहेको छ ।

सबैभन्दा कम बीमाशुल्क भने कर्णाली प्रदेशबाट संकलन भएको बीमा समितिको तथ्यांक छ । कर्णाली प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले ६ करोड २५ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेका छन् ।

यो निर्जीवन बीमा कम्पनीहरुले भदौ महिनासम्ममा आर्जन गरेको कुल बीमाशुल्कको ०.७९ प्रतिशत मात्रै हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया