ओलीले गरेको निर्णय स्वेच्छाचारी र अन्यायपूर्ण : भीम रावल

३ बर्ष अगाडि

काठमाडौँ - एमालेका नेता भीमबहादुर रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाएकोमा आक्रोश व्यक्त गरेका छन् । रावलले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले अन्यायपूर्ण, स्वेच्छाचारी निर्णय गरिरहेको भन्दै कडा आलोचना गरेका छन् । 

रावलले आफूलाई टिकट नदिएकोप्रति भने, 'अछाम १ बाट एमालेका निम्ति कुनै योगदान नगरेको, सिफारिस नै नगरेको व्यक्तिलाई टिकट दिइयो । पार्टी पदाधिकारी र ओलीले गरेको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत छ ।'

पार्टीमा विधि र अनुशासन कायम नरहेको रावलको भनाई छ । उनले पार्टीमा परामर्श नै नहुने गरेको र आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम भएको बताएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया