भदौसम्ममा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे करिब ८ अर्ब बीमाशुल्क

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको भदौसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब ८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा ७ अर्ब ८७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ । समितिको तथ्यांक अनुसार मोटर बीमाबाट भदौसम्ममा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ३ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यो निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको २५.८४ प्रतिशत हो । मोटर बीमा पछि निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ती बीमाबाट १ अर्ब ७६ करोड ३१ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २२.३९ प्रतिशत हुन आउछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया