तेल उत्पादन घटाउने ओपेक प्लस राष्ट्रहरुको निर्णयको आलोचना भएपछि के भन्छ साउदी ?

३ बर्ष अगाडि

एजेन्सी - तेल उत्पादन घटाउने ओपेक प्लस राष्ट्रहरुको निर्णयका बारेमा तीव्र आलोचना भएपछि साउदी अरबले आफ्नो धारणा सार्वजनिक गरेको छ । 

साउदी अरब एक विज्ञप्ति जारी गरेको गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । विज्ञप्तिमार्फत साउदी अरबले रुसको पक्षमा रहेको र अमेरिकाविरुद्ध राजनीति गरेको आरोप अस्वीकार गरेको छ ।

साउदी अरबको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ओपेक प्लसको निर्णयपछि साउदी अरबले अन्तर्राष्ट्रिय द्वन्द्वमा पक्ष लिइरहेको छ र अमेरिकाविरुद्ध राजनीतिक रुपमा प्रेरित भएको धारणाहरु सार्वजनिक भएका छन् । हामी ती धारणाहरु तथ्यहीन छन् र हामी त्यस्ता धारणाहरुलाई अस्वीकार गर्छौं ।

तेल कटौती गर्ने निर्णय ओपेक प्लस समूहका सबै सदस्य राष्ट्रहरुले सर्वसम्मतिले लिएको साउदीले स्पष्ट पारेको छ। ‘यो निर्णय कुनै एक देशको होइन । यस्ता निर्णय आर्थिक आधारमा लिइन्छ ता कि तेल बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम होस्’, विज्ञप्तिमा भनिएको छ । 

साउदी सरकारले अमेरिकी प्रशासनसँग चलिरहेको कुराकानीमा ओपेक प्लसको निर्णयलाई एक महिनापछि सार्दा नकारात्मक आर्थिक नतिजा आउने स्पष्ट गरेको पनि विज्ञप्तिमा जनाइएको छ । साउदी अरबले देशहरुको सार्वभौम क्षेत्रहरुमा कुनै पनि आक्रमण अस्वीकार गर्ने पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

गत अक्टोबर ५ मा ओपेक प्लसले तेल उत्पादन प्रतिदिन २० लाख ब्यारेलले कटौती गर्ने घोषणा गरेको थियो । अमेरिकाले पहिले जस्तै तेल उत्पादन जारी राख्न धेरै प्रयास गरे पनि साउदी अरबलगायत ओपेक प्लस देशहरुले उत्पादन घटाउने निर्णय गरे ।

३ बर्ष अगाडि

प्रतिक्रिया