काठमाडौं - नेपाल इन्फ्रा एन्ड कम्युनिकेसन प्रालिको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले आज एक सूचना जारी गर्दै नेपाल इन्फ्रा एन्ड कम्युनिकेसनको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिएको जानकारी गराएको हो ।
कम्पनीले अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेकोले अनुमतिपत्र खारेज गर्नुपरेको प्राधिकरणले जनाएको छ । यसका साथै नेटवर्क सेवा प्रदायकको सञ्चालन गरेबापत नियमानुसार तिर्न कुनै दस्तुर देखिएमा उक्त रकम तिर्न पनि प्राधिकरण कम्पनीलाई सूचित गरेको छ ।
बाँकी बक्यौता रकम सरकारी बाँकीसरह प्रचलित कानुननुसार असुलउपर गरिने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया