काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनलको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । लाभांश र सभा प्रयोजनका लागि बैंकले भोलि असोज २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले आजसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक ४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेबाट हुनेछ ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव ९ प्रतिशत नगद लाभांश (लाभांश करसहित) अनुमोदन गर्नेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ
साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपश्चात साबि पुँजी संरचना ५१ः४९ परिवर्तन भई कायम भएको पुँजी संरचना ५१.०७ः४८.९३ (संस्थापक सेयरधनीहरुले धारण गरेको जम्मा सेयरः साधारण सेयरधनीहरुले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
प्रतिक्रिया