काठमाडौं - रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले गत आर्थिक वर्षको बोनस सेयरका लागि रुरु जलविद्युतको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ७५१.८२ रुपैयाँ कायम गरेको हो ।
यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ८२७ रुपैयाँ थियो । अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज असोज २७ गते बु्क क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ हिजो असोज २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन् ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन् ।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक ४ गते १७ औँ वार्षिक साधारणसभा डोकेको छ ।
प्रतिक्रिया