भरतपुर – पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ ।
प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् । उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूरा गर्न सकेको छ ।
गुलाबको कम उत्पादन भइरहेपनि चितवनका एक युवा किसानले भने तीन महीनाको अवधिमा रु १० लाखको गुलाब बिक्री गरेका छन् । पन्ध्र कट्ठा जग्गामा गुलाब खेती गर्नुभएका भरतपुर महानगरपालिका–१८ गुन्जानगरका प्रकाश पन्तले तीन महीनाको अवधिमा रु १० लाखको फूल बिक्री गर्नुभएको हो । रु १० लाखको गुलाब बिक्री गर्दा खर्च कटाएर रु तीन लाख फाइदा भएको बताएका उहाँका फार्ममा यतिबेला ढकमक्क गुलाब फुलेका छन् ।
“दैनिक एक हजार देखि एक हजार २०० स्टिक गुलाब उत्पादन हुने गरेको छ, पन्तले भन्नुभयो”, वैशाखमा लगाइएको बिरुवाले मङ्सिरबाट उत्पादन दिन थालेको हो ।” प्रणय दिवसको अवसमा चितवनमा मात्रै २० हजार स्टीक गुलाबको माग रहेको फ्लोरिकल्चर एशोसियशन नेपाल चितवन शाखाका अध्यक्षसमेत रहनुभएका उहाँले बताउनुभयो ।
प्रतिक्रिया