आइएमई लाइफको साधारण सभा सपन्न, पारित भए यी एजेन्डाहरु

३ बर्ष अगाडि

काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सपन्न भएको छ । बुधबार काठमाडौंको लैनचौर ब्यांक्वेटमा पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

जीबन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्व रुपैयाँ पुर्याउनुपर्ने प्रावधान बमोजिम पूँजी वृद्धिका लागि संस्थापक शेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी थप गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थापकले शेयर पूँजी थप भए पश्चात सर्वसाधारणका लागि छुट्याइएको शेयर निश्कासन गर्ने प्रस्ताव पनि पारित भएको छ । पूँजी वृद्धिको लागि कम्पनीको प्रवन्ध–पत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने प्रस्ताव पनि पारित भएको छ ।

यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु समेत पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदानरआर्थिक सहायताको अनुमोदन समेत गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया