वाणिज्य बैंकहरूबाट दशैँमा करिब ८ अर्ब निक्षेप बाहिरियो

३ बर्ष अगाडि

काठमाडौं - दशैँमा वाणिज्य बैंकहरूबाट करिब ८ अर्ब निक्षेप बाहिरिएको छ । नेपाल बैकर्स संघका अनुसार असोज १४ गतेदेखि २१ गते सम्ममा वाणिज्य बैंकहरूबाट ७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ ।

असोज १४ गते सम्ममा ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेको बैंकहरूको निक्षेप २१ गतेसम्ममा ४५ अर्ब ११ अर्ब रुपैयाँमा झरेको हो । विगत डेढ महिनादेखि बढ्दो क्रममा रहेको बैंकहरूको निक्षेप दशैँमा भने घटेको छ ।

यस्तै सो अवधिमा कर्जा लगानी पनि ३ अर्ब रुपैयाँभन्दा धेरैले घटेको छ । असोज १४ गतेसम्ममा ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको कर्जा लगानी २१ गतेसम्ममा ४ज्ञ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ ।

असोज मसान्त नजिकिएसँगै बैंकहरूले कर्जा असुली बढाउँदा उनीहरूको कर्जा लगानी पनि घटेको हो । असोज २१ गतेसम्ममा बैंकहरूको औसत सिडि रेसियो ८७.२५ प्रतिशत रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया