असोज मसान्त भित्र बीमा अभिकर्ता र सर्भेयरले लाइसेन्स नवीकरण नगरे स्वतःखारेज हुने

३ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरहरूलाई असोज मसान्तसम्ममा इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ । समितिले असोज ३१ गते साँझ ५ सम्ममा अनलाइन मार्फत लाइसेन्स नविकरण गर्न आग्रह गरेको हो ।

समितिले बीमा ऐन २०४९ को दफा ३१ बमोजिम २०७९ सालको लागि बीमा अभिकर्ता र सर्भेयरहरूले अनलाइन माध्यमबाट इजाजतपत्र नवीकरण गर्न सकिने जनाएको छ ।

उक्त अवधिभित्र पनि नवीकरण नभएका बीमा अभिकर्ता र सर्भेयरहरूको इजाजतपत्र बीमा ऐन अनुसार स्वतः खारेज हुने समितिको भनाइ छ ।

यस्तै, समितिले सर्भेयरको हकमा इजाजत खारेज भएको ५ वर्षसम्म अर्को इजाजत पत्र दिन नमिल्ने व्यवस्था समेत रहेको जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया