काठमाडौं - शून्य लागतमा जोर्डनले नेपाली कामदारको माग गरेको छ । अम्मान सहरमा रहेको AJWAA EST कम्पनीले ३५ जना महिला नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ३९ हजार बढि पाउनेछ । इच्छुक कामदारले युरो क्रस इनटरनेशनल प्रा.लि.को कार्यालय एयरपोर्ट काठमाडौंमा कार्तिक २ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया