एनआईसीसीआईको द्विपक्षीय बैठक सम्पन्न, नेपाल र इटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल–इटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीच यही असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानीबारे छलफल भएको थियो ।

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेतृत्व भएको बैठकमा नेपाल र भारतका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुका, इटालीका लागि कोलकाताका महावाणिज्य दूत जियानलुका रुबागोटी, इटालीका लागि दिल्लीका महावाणिज्य दूत र इटालीका लागि नेपालका महावाणिज्य दूत प्रतिमा राणा पाण्डेको उपस्थिति थियो । 

एनआईसीसीआईका मानार्थ सदस्य राजेश काजी श्रेष्ठ विशेष अतिथिका रुपमा उपस्थित हुनुका साथै एनआईसीसीआईका अन्य वरिष्ठ कार्यकारी समिति सदस्यहरु बैठकमा उपस्थित थिए । 

इटालियन राजदूत भन्सेन्जो डे लुकाले भने, ‘इटालियन दूतावासले इटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरुको व्यापार मेला आयोजना गर्ने योजना बनाएको छ। हामीले इटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवर्द्धन गर्न विभिन्न परियोजनाहरु आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि इटालीमा प्रचार प्रवर्द्धन गर्ने योजना बनाएका छौँ ।’ 

लुकाले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो देखाउँदै नेपालका उद्यमी र व्यवसायहरु इटालीमा फस्टाउनका लागि सक्दो सहयोग गर्ने बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया