रोमानियामा नेपाली कामदारलाई रोजगारको अवसर, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - रोमानियाले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको UMAN CARE RECRUITING S.R.L.कम्पनीले विभिन्न पदका लागि १०० जना पुरुष र २० जना महिला गरी जम्मा १२० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ७९ हजार बढि पाउनेछ । इच्छुक कामदारले global welfare Hr solution प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा कार्तिक १ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 
 
 

३ बर्ष अगाडि

प्रतिक्रिया