नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आईएमएफको प्रक्षेपण

३ बर्ष अगाडि

काठमाडौं - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ0 ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आईएमएफले वर्ल्ड ‘इकोनोमिक आउट लुक’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । 

प्रतिवदनमा सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने र सन् २०२७ मा पुग्दा ५.३ प्रतिशतसम्म मात्र वृद्धिदर हुने प्रक्षेपण पनि गरेको छ । 

आईएमफले विश्वको आर्थिक वृद्धिदर ३.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर ६ प्रतिशतको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया