नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको प्रतिफल घोषणा कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं - नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको प्रतिफल घोषणा गरिएको छ । 

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको मंगलबार बसेको बैठकले नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि प्रतिफल घोषणा गरेको हो । 

बैठकले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार इकाइधनीहरुलाई कुल ७ करोड ८४ लाख रुपैयाँ प्रतिफल वितरण गरिनेछ । 

यसैगरी बैठकले नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । जसअनुसार इकाइधनीहरुलाई कुल ६ करोड २५ लाख रुपैयाँ प्रतिफल वितरण गरिनेछ । 

यी दुवै योजनाका प्रतिफल वितरणार्थ कम्पनीले आउँदो कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै योजनाको प्रतिफल पाउन योग्य हुनेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया