काठमाडौं - चालु आर्थिक वर्षको दुई महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ५६ करोड २३ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्क २६ अर्ब ३ करोड २७ लाख ४५ हजार रुपैयाँको २.१६ प्रतिशत हो ।
जीवन बीमा कम्पनीहरुले १० करोड ८९ लाख ६५१ वटा बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । यस अवधिमा सबै भन्दा धेरै ५ लाख ७७ हजार ७५१ वटा बैदेशिक रोजगार बीमालेख जारी गरी सन नेपाल लाइफले २७ करोड ५ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
बैदेशिक रोजगार बीमालेख वापत सबै भन्दा कम बीमाशुल्क आर्जन गर्नेमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा आइएमई लाइफले २ हजार ५४७ वटा बैदेशिक रोजगार बीमालेख जारी गरी ९८ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया