सानिमा क्यापिटलको साधारण सभा आज, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धाण गर्ने

३ बर्ष अगाडि

काठमाडौं - सानिमा क्यापिटलले आफ्नो सातौं साधारण सभा आज गर्ने भएको छ । कम्पनीको २०७९ भदौं २७ गते बसेको संचालक समितिको बैंठक अनुसार आज असोज २६ गते साधारण सभा गर्ने भएको हो । 

उक्त साधारणसभा भने असोज २६ गते अपरान्ह ४ बजे कम्पनी रजिष्टर्डको कार्यालय नक्सालमा हुने कम्पनीले जनाएको छ । कम्पनीको सातौं साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने । 

लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल असार मसान्तको वासलात, २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने कम्पनीले जनाएको छ ।

साथै लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धाण, सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १५.७८ प्रतिशतले हुने रकम ३ करोड चौरानब्बे लाख ७३ हजार ५ सय चौरासी रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गरिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया