आईएमई लाइफको साधारण सभा आज, के छ एजेन्डा ?

३ बर्ष अगाडि

काठमाडौं - आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आज गर्ने भएको छ । सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले बीमा समितिबाट तोेकिएको चुक्तापुँजी ५ अर्ब कायम गर्न संस्थापक सेयरधनीहरुबाट हाल कायम रहेको चुक्तापुँजीको सतप्रतिशतबराबरको सेयरपुँजी पुनः थप गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । 

सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले आवश्यकताअनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७७/७८को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया