मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत थप गरेर २० प्रतिशत आईपीओ जारी गर्ने

३ बर्ष अगाडि

काठमाडौं - मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत थप गरेर २० प्रतिशत आईपीओ जारी गर्ने भएको छ । यसअघि कम्पनीले सर्वसाधारणलाई चुक्तापुँजीको १० प्रतिशतमात्रै आईपीओ बिक्री गर्ने तयारी गरेको थियो । 

मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकाल यसअघि १० प्रतिशतमात्रै सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने योजना रहेकोमा अब बढाएर २० प्रतिशत जारी गर्न लागिएको जानकारी दिएका हुन् ।

ढकालअनुसार कम्पनीको चुक्तापुँजीको २० प्रतिशत अर्थात १४ लाख कित्ता आईपीओ बिक्री खुला गरिनेछ ।  यो कम्पनीले किसान र उपभोक्ताबीच मध्यस्थकर्ताको काम गर्ने अधयक्ष ढकालले बताए । 

ढकालका अनुसार यो कम्पनीले किसानले उत्पादन गरेका उपजको बाई ब्याक ग्यारेन्टी गर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया