दसैँपछि बैंकिङ प्रणालीमा थपियो निक्षेप, सीडी रेसियो कति ?

३ बर्ष अगाडि

काठमाडौं - दसैँपछि बैंकिङ प्रणालीमा निक्षेप थपिएको छ भने कर्जा लगानी घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४ अर्ब रुपैयाँले बढेको छ । 

गत असोज १३ गतेसम्म बैंक तथा वित्तीयको कुल निक्षेप ५१ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ । गत असोज २३ गतेसम्म भने कुल निक्षेप बढेर ५१ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप भने १ अर्ब रुपैयाँले मात्रै बढेको छ । गत असोज १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा असोज २३ गतेसम्म बढेर ४५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । 

यही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १२ अर्ब रुपैयाँले घटेको छ । गत असोज १३ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ३८ अर्ब रुपैयाँ रहेकोमा असोज २३ गतेसम्म घटेर ४७ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ । 

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि असोज २३ गतेसम्म घटेर ४१ खर्ब ८६ अर्ब रुपैयाँमा झरेको छ । गत असोज १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो । 

निक्षेप बढेसँगै बैंकहरुको औसत सीडी रेसियो असोज २३ गतेसम्म घटेर ८७.०५ प्रतिशतमा झरेको छ । गत असोज १३ गतेसम्म औसत सीडी रेसियो ८७.२९ प्रतिशत थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया