फेसबुक प्रयोगकर्तालाई डाटा चोरी हुन सक्ने मेटाको चेतावनी, १० लाखको चोरी

३ बर्ष अगाडि

एजेन्सी -  मेटाले आफ्ना फेसबुक प्रयोगकर्तालाई डाटा चोरी हुन सक्ने चेतावनी दिएको छ । 

मेटाले एन्ड्रोइड र आईओएसमा धेरै एपहरुले फेसबुक प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियलहरु चोरी गरेर दुरुपयोग गरेको जनाएको छ । फेसबुकका करिब १० लाख प्रयोगकर्ताको लगइन क्रेडेन्सियल चोरीको घटना बाहिर आएको हो ।

अधिकांश फोडो एडिटर, गेम, भीपीएन सर्भिस, बिजनेस र युटिलिटी एपहरुमा यस्ता गडबडी देखिएका छन् । आफ्ना प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै मेटाले गुगल प्ले स्टोर र एप्पल स्टोरमा यस्ता ४०० वटा एप पत्ता लगाएको छ, जुन एप प्रयोग गर्ने प्रयोगकर्ताको फेसबुक क्रेडेन्सियल चोरेर गलत काममा प्रयोग भइरहेको थियो ।

मेटामा थ्रेट डिस्प्रेसन निर्देशक डेभिड अग्रानोविच र मालवेयर डिस्कभरी र डिटेक्सन इन्जिनियर रायन भिक्ट्रीले ती एपहरुका बारेमा एप्पल र गुगलसँग जानकारी गराइएको बताए । उनले यो जानकारी सामाजिक सञ्जालमा पनि सेयर गरेका छन् ।

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया